15 BIBLE VERSES – FEAR NOT .
- Isaiah 41:10 – यसैले नडरा, किनकि म तँसित छु । निरुत्साहित नहो, किनकि तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।
मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
2. Joshua 1:9 – तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
3.2 Timothy 1:7 – किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
4 Psalm 34:4 – मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
5. Psalm 27:1 – परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु?
6. Psalm 23:4 – मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ।
7. Isaiah 43:1– तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्।
8. Rome 8:15 – किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं,
9. Isaiah 41:13 – किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, ‘नडरा, म तँलाई सहायता
10. Psalm 56:3 – जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु।
11. Psalm 118:6 – परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र?
12.Isaiah 35:4 – डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्वर बदला दिनलाई आउनुहुनेछ, ईश्वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।”
13. Psalm 56:3-4 – जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु। 4परमेश्वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्वरमा भरोसा राख्छु, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
14. Matthew 10:28 – तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
15. Deuteronomy 3:22 – उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका निम्ति लड्नुहुनेछ।”