Spiritual Warfare Scripture (nepali)

WELCOME TO MY BLOG

http://monlohorung.blogspot.com/

SPIRITUAL WARFARE SCRIPTURES (आत्मिक योद्धाहरुका निम्ति बाइबलको पदहरु)

  1. James 4:7 – 7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।
  2. 1 John 4:4 – 4 मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्‍वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्‍छ, उहाँ संसारमा हुनेभन्‍दा महान्‌ हुनुहुन्‍छ। 
  3.  2. 2 Cor.10:3-5 – 3 किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्‌दैनौं। 4किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ। 5परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
  4. 1 Pet. 5:8-9 – 8सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। 9विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।
  5. Isaiah . 54:17 – 17तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।
  6. Ephesians 6:11-17 – 11दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर। 12किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो। 13यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।14यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,यशै ११:५; ५९:१७ 15र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।यशै ५२:७ 16साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। 17मुक्तिको टोप लगाओ, रयशै ५९:१७ पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। 18सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।19मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, 20जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ

7. Rome 8:37 – 37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं। 

8.  1 Cor. 15-57 – 57 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।

9. Zec. 4:6 – 6यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्‍ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो 

                    आत्‍माले,’ सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्‍छ। 

10. Luke 10:19– 19मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै  कुराले तिमीहरूलाई हानि गर्नेछैन।

11. Joshua 10:19 – 9तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, 

                                     परमप्रभुतेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

12. 2 Thes. 3:3 – 3तर प्रभु त विश्‍वासयोग्‍य हुनुहुन्‍छ। उहाँले तिमीहरूलाई स्‍थिर गराउनुहुनेछ र दुष्‍टबाट सुरक्षित राख्‍नुहुनेछ।

Follow My Blog

Get new content delivered directly to your inbox.