९ वटा आत्माको फलहरु- गलाती ५:२२-२३

1. LOVE
- 1. Roman 5:8 रोमी 5:8 (NNRV) तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
- 2. यूहन्ना 4:18 (NNRV) प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।
2. JOY
1. Romans 12:12 रोमी 12:12 (NNRV) आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
3. PEACE
- कलस्सी 3:15 (NNRV)ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ।
- रोमी 8:6 (NNRV)किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
4. FORBEARANCE
- Romans 3:5 परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन।
5. KINDNESS
- एफिसी 4:32 (NNRV)जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
- १ कोरिन्थी 13:4 (NNRV)प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
6. GOODNESS
- Psalm 25: 8 परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ।
- हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
7. FAITHFULNESS
- 1 John 1:9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
- 1 Corinthians 1:9 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ।
8. GENTLENESS
- Colossians. 3:12 यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
- Philippians 4:5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
9. SELF- CONTROL
- 1 Corinthians 7:5 पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गर्यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
- Proverbs 25:27-28 धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ।28पर्खालहरू भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो।