के तपाइलाई रिस उठ्छ? के बारम्बार तपाईलाई रिस उठिरहनछ ?
रिस भनेको हामी प्रत्याकले भोगी राखेको हाम्रा मनमा अनावास्याक भावना उत्पन्न हुनु हो भनेर मानिसहरु भन्दाछन । बाइबल अनुसार यो रिस सैतानको धेरै हतियारहरु मध्ये एउटा मुख्य हतियार हो। सैतानको काम नै चोर्न, मार्न र नास पार्न हो। यो रिस भुत आत्मा हो जब तपाईलाई रिस उत्पन्न हुन्छ त्यसले तपाईको जीवन मात्र नभएर त्यसले अरुको जीवन पनि नास गर्छ। यसले बाइबलमा अरु के भन्दाछ तलको पदहरुमा हेर्नुहोस।
Anger (रिस )

James 1:20 ( याकूब 1:20) 20किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।
James 1:19(याकूब 1:19)
19मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो,
बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
Ephesians 3:26-31(एफिसी 4:26-31) 26क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, भज ४:४ 27र दियाबलसलाई मौका नदेओ। 28चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्। 29तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। 30अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। 31सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
Proverbs 22:24 (हितोपदेश 22:24) 24गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,
Mathew 5:22 (मत्ती 5:22) 22तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
Psalm 37:8(भजनसंग्रह 37:8) 8रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ।
Proverbs 20:3(हितोपदेश 20:3) 3कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।